सुआहारा परियोजनाको बार्षिक समिक्षा कार्यक्रम ।
वालिङ :
स्याङ्जा जिल्लामा सञ्चालित सुआहारा परियोजनाको बार्षिक समिक्षा शुरु भएको छ । यू एस ए आइ डी को आर्थिक सहयोग, हेलेन केलर इन्टरनेशनलको व्यवस्थापन र नेपाल सरकारसँगको समन्वयमा दियालो संस्थाद्धारा सुआहारा दोस्रो परियोजना जिल्लामा सञ्चालनमा रहेको छ ।
समिक्षा कार्यक्रममा बोल्दै सुआहाराका गण्डकी प्रदेश संयोजक याम जिसीले परियोजनाको पछिल्लो अवस्था र उपलव्धीका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले स्वास्थ्य तथा पोषणका सूचकहरुको बारेमा स्पष्ट पार्नु भएको थियो ।
संयोजक जिसीले हालसालै सम्पन्न द्रुत लेखाजोखा कार्यक्रमको उपलव्धीका बारेमा बोल्नु भएको थियो ।
कार्यक्रम दियालो संस्थाका अध्यक्ष कविता तिवारीले सुआहारा परियोजनाले सुनौला हजार दिनका आमा तथा बच्चामा निक्कै राम्रो सकारात्मक परिवर्तन ल्याएको भनाई राख्नुभयो । उहाँले कोभिड १९ को जोखिमका बिचमा काम गर्ने सबै कर्मचारीहरुलाई धन्यवाद समेत दिनुभयो ।

कार्यक्रममा दियालो संस्थाका उपाध्यक्ष बिष्णु सुवेदी,सहसचिव सीता गैह्रे,दियालो÷युएनडिपीका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे,दियालो संस्थाका सल्लाहकार सम्पूर्ण राई लगायतले बोलेका थिए ।
उद्घाटनसत्रको सञ्चालन दियालो सुआहारा परियोजनाका प्रमुख ओमसुव गुरुङले गर्नु भएको थियो ।
दुई दिन सम्म चल्ने कार्यक्रममा सुआहारा परियोजनाका गण्डकी प्रदेश संयोजक याम जिसीले परियोजनाका बिभिन्न पाटाहरु,मिरा बमले पोषण, स्वास्थ्य लैंगिकता,टिका उप्रेतीले स्वच्छता तथा सरसफाई, कृषि अधिकृत अर्जुन सुवेदीले घरायसी उत्पादन तथा बजारीकरण, अमृतराज पोख्रलले कोभिड १९ र यसबाट सुरक्षित रहने उपाय लेखा तथा प्रशासन अधिकृत प्रकाश बख्रेलले लेखा व्यवस्थापन, दियालो सुआहाराका प्रमुख ओमसुव गुरुङले बार्षिक समिक्षा तथा आगामी बर्षको बिषयमा प्रशिक्षण दिनुहुने दियालो सुआहारा परियोजनाले जनाएको छ ।


समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


