एसईईको नतिजा सार्वजनिक
काठमाडौं : २०७७ को माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले गरेको आन्तरिक मुल्याङ्कनलाई प्रमाणीकरण गरेको हो ।
नतिजाको विस्तृत विवरण आउन भने केही समय लाग्ने बोर्डले जनाएको छ । शिक्षा विकास तथा समन्वय एकाइले बोर्डमा पठाएको प्राप्तांक विवरणलाई प्रमाणीकरण गरेर नतिजा सार्वजनिक गरिएको हो । नतिजा सार्वजनिक गनुअघि बोर्डको बैठक बसेको थियो ।
विद्यालयको आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरेको हुनाले बोर्डले यो वर्ष पनि नतिजा विश्लेषण नगरिएको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
नतिजा के कस्तो हुन्छ भनेर विद्यालयलाई पहिले नै जानकारी हुने भएकाले नतिजा विश्लेषण गर्नुको अर्थ नरहेको बोर्डले जनाएको छ ।
नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, एनसेल लगायत विभिन्न वेबसाइटमार्फत हेर्न सकिन्छ ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
३ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


