साफ च्याम्पियनसिप २०२१ को तालिका सार्वजनिक ।

काठमाण्डौ:

यहि असोज १५ देखि माल्दिभ्समा हुने साफ च्याम्पियनसिप २०२१ को खेल तालिका सार्वजनिक गरिएको छ। प्रतियोगितामा नेपालले पहिलो खेल घरेलु टिमसँग खेल्ने भएको छ। उक्त खेल असोज १५ मा हुनेछ।

श्रीलंकासँग नेपालले दोस्रो खेल १७ असोजमा खेल्नेछ। त्यस्तै तेस्रो खेलमा नेपालले असोज २२मा भारतसँग भिड्नेछ। असोज २४ मा नेपालले अन्तिम खेल बंगलादेशसँग खेल्नेछ। राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको अंक तालिकाका शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।

फाईनल खेल असोज २७ मा हुनेछ। सबै खेल मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा हुनेछ। साफ च्याम्पियनसिपका लागि  नेपालले पोखरामा तयारी गरिरहेको छ। प्रतियोगितामा नेपालसहित आयोजक माल्दिभ्स, श्रीलंका, भारत र बंगलादेशले खेल्नेछन्।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP