नारायणगढ–मुग्लिन सडकखण्ड र रूपन्देहीमा पूर्व-पश्चिम राजमार्ग अवरूद्ध ।
काठमाण्डौ
अविरल वर्षाका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक तथा रूपन्देहीको देवदहमा पूर्व-पश्चिम राजमार्गको पुल भासिएकोले सडक अवरुद्ध भएको छ
गएराति ८ बजे भरतपुर महानगरपालिका–२९ सेती दोभान र पाँचकिलोमा ठूलो पहिरो खसेकाले नारायणगढ–मुग्लिन सडकखण्डको दुुईतर्फी बाटो नै बन्द भएको प्रहरीले जनाएको छ ।
त्यस्तै अविरल वर्षापछि रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ घोडाहस्थित पूर्व-पश्चिम राजमार्गको पुल भासिएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता सत्यनारायण थापाले पुल भासिएकोले सवारी आवागमन बन्द भएको जानकारी दिए।
बिहीबार साँझदेखि परेको पानीले पूर्व-पश्चिम राजमार्गस्थित बर्दघाट सडकखण्ड पनि अवरूद्ध छ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…