राम्दी पहिरो अपडेट : एकको मृत्यु,तीन गम्भिर घाईतेको पाल्पामा उपचार हुँदै ।
स्याङ्जा :
अविरल बर्षासँगै गएको पहिरोले स्याङ्जामा एक होटल सहित चार घर पुरेको छ । गल्याङ नगरपालिका वडा नम्वर १ राम्दिमा घर माथिबाट आईतवार अपरान्ह गएको पहिरोले घर तथा होटल पुरेको हो ।
पहिरोमा पुरिएर वालिङ नगरपालिका वडा नम्वर १४ स्थायी घर भएकी धनमाया उम्राहको ज्यान गएको स्याङ्जाका प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिनुभयो । पुजापाठका लागि राम्दी पुगेकी उम्राह चिया खानका लागि होटलमा पसेको प्रहरीको भनाई छ ।
त्यस्तै होटलमा नै बसेका अन्य तीनजनालाई घाईते अवस्थामा उद्धार गरी उपचारका लागि पाल्पा पठाईएको प्रहरी प्रमुख बोगटीले जानकारी दिनुभयो ।
प्रहरीका अनुशार पहिरोमा पुरिएर होटल सञ्चालक ३७ वर्षीया लक्ष्मी बस्नेत, रुपन्देही सैनामैना १ का १६ वर्षीय शिशिर योगी र भीरकोट ५ का ३४ बर्षका नारायण तिवारी गरी तीन जना घाईते भएका हुन् ।
होटल,स्थानीय दिपेन्द्र श्रेष्ठ र सीता परियारको घरमा क्षेती पुर्याएको छ भने अर्काे एक घरमा सामान्य क्षेती पुगेको प्रहरीको भनाई छ ।
सिद्धार्थ राजमार्ग माथिबाट पहिरो गएकाले बाटो पूर्ण रुपमा बन्द छ । पहिरो हटाउने कार्य जारी रहेको प्रहरीको भनाई छ ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


