प्राकृतिक विपत्तीलाई राहत सहयोग
श्रीकृष्ण सिग्देल/स्याङ्जा :
वालिङ नगरपालिका भित्र रहेका प्राकृतिक विपत्तीमा परेका पिडितलाई राहत वितरण गरिएको छ । सामुदायीक बन उपभोक्ता महासंघ स्याङ्जाको अनुरोधमा एशोसिएसन अन्नपुर्ण नेपाल स्वीस नामक संस्थाले प्राकृतिक विपत्तीमा परेका पिडितलाई राहत सहयोग गरेको हो । बाढीपहिरोबाट घरवार बिहिन, विस्थापित र अति विपन्न २५ घरपरिवारलाई चामल, दाल, नुन र तेल राहत सहयोग वितरण गरिएको सामुदायीक बन उपभोक्ता महासंघ वालिङ नगरल समितिका अध्यक्ष कमलप्रसाद गैहे्रले जानकारी दिए । मानव सेवा नै सबै भन्दा ठुलो धर्म हो भन्ने नारा बोकेको एशोसिएसन अन्नपुर्णले गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरोकबाट कारण विस्थापित भएका पिडितलाई राहत वितरण गर्ने क्रममा स्याङ्जा आइपुगेको बताइएको छ ।
वालिङ नगर उपप्रमुख कल्पना तिवारीको रोहवरमा संस्थाले नगर भित्र रहेका बाढीपिडतलाई राहत वितरण गरेको थियो । प्राकृतिक विपत्तीमा परिवार सहित घर गुमाएका पिडितलाई राहत वितरणले केही हदसम्म भएपनि गर्जो टरेको उपप्रमुख तिवारीले बताइन् । वालिङ नगरपालिकाले पनि बाढीपिडित नागरिकलाई खाद्यन्न, स्वास्थ्य र बासको व्यवस्थापन गरेको जानकारी दिदै उपप्रमुख तिवारीले प्राकृतिक विपत्तीमा वालिङ नगरपालिकाले ठुलो क्षती व्यहोरेको बताइन् । प्राकृतिक विपत् चाहेर आउने होइन उपप्रमुख तिवारीले भनिन्,‘यसको सामाना गर्ने सामाथ्र्य हामी सगँ हुनुपर्छ ।’ दुखको बेला राहत आवश्यकता परेपनि बिस्तारै नयाँ जिवनमा फकुर्न हाम्रो पनि कर्तव्य हुनेछ उनले भनिन् । पिडितलाई राहत सहयोग गर्ने संस्था र समन्वय गर्ने बन उपभोक्ता संस्थालाई तिवारीले धन्यवाद दिइन् ।
राहत वितरणमा बन उपभोक्ता महासंघ गण्डकी प्रदेश सदस्य ऋषिराम काफ्ले, रेडियो आँधीखोलाका अध्यक्ष नेत्रप्रसाद पाण्डे, समाजसेवी भुपराज वगाले, महासंघका उपाध्यक्ष दिपेन्द्र गैहे, संस्थाका अञ्जली क्षेत्री र सन्तोषी जीसि लगायतले विपत्मा परेका नागरिकलाई सहयोग गर्नु नै धर्म भएको बताएका थिए ।
वालिङ नगरपालिकाका हरेक वडाका बाढीपिडितलाई राहत वितरण गरिएको थियो । वालिङ १ मा ५ जना, २ मा २ जना, ८ मा ४ जना, ९ मा १ जना, १० मा १ जना, १३ मा ३ जना, १२ मा १ र १४ वडामा ७ जनाले राहत पाएका हुन् । गतबर्ष वालिङ नगरपालिकामा मानवीय क्षती सहित दर्जनौ घरवार विहिन भएका थिए । एसोसिएसन अन्नपुर्ण संस्थाले मानव सेवा मार्फत आमाबुवा गुमाएका वालवालिकालाई लालनपालन र अध्ययन गराउदै सडक बालवालिकाको सेवारत काम गर्दै आएको संस्थाका सह संचालक श्यामलाल रोकाले बताए ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


