प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्ने निर्णय ।

काठमाडौं:
सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कायमुकायम प्रधानसेनापतिको जिम्मेवारीमा रहनुभएका शर्मालाई महारथीमा पदोन्नति गरेर प्रधानसेनापति नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले आउँदो भदौ २५ गते अवकास पाएसँगै शर्माले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुहुनेछ ।
अवकासभन्दा एक महिना पहिले बिदा बस्ने प्रचलन अनुसार थापा साउन २५ देखि बिदा बस्नुभएको थियो । त्यसयता शर्माले कायमुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालिरहनुभएको छ । उहाँ तीन वर्ष सेनाको नेतृत्वमा रहनुहुनेछ ।
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…