जबर्जस्ती करणी आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ ।

बुटवल:

जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लुलाई पक्राउ गरेको छ ।

सम्मरीमाई गाउँपालिका- १ पकडिहवानिवासी महिलामाथि जबर्जस्ती करणी उद्योगमा सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी कार्यालय रुपन्देहीका प्रमुख मनोज केसीले बताए ।

अध्यक्ष शुक्लाले आफ्नै निवास असुरैनामा बोलाएर महिलालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।चोरीको आरोपमा प्रहरी हिरासतमा रहेको श्रीमानलाई छुटाइदिने भन्दै जबर्जस्ती करणी गरेको आरोप  शुक्लामाथि लागेको छ ।

Facebook Comments Box
TOP