स्याङ्जामा पहिरोले ४ घर पुर्यो, एकको मृत्यु,तीन गम्भिर,थप बिबरण आउन बाँकी
स्याङ्जा :
अविरल बर्षासँगै गएको पहिरोले आज अपरान्ह स्याङ्जामा एक होटल सहित चार घर पुरेको छ । गल्याङ नगरपालिका वडा नम्वर १ राम्दिमा घर माथिबाट गएको पहिरोले घर तथा होटल पुरेको हो । पहिरोमा पुरिएर वालिङ नगरपालिका वडा नम्वर १४ स्थायी घर भएकी धनमाया उम्राहको ज्यान गएको स्याङ्जाका प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिनुभयो । त्यस्तै होटलमा नै बसेका अन्य तीनजनालाई घाईते अवस्थामा उद्धार गरी उपचारका लागि पाल्पा पठाईएको प्रहरी प्रमुख बोगटीले जानकारी दिनुभयो ।
सिद्धार्थ राजमार्ग माथिबाट पहिरो गएकाले बाटो पूर्ण रुपमा बन्द छ भने पुरिएकाहरुको खोजी कार्य जारी छ । थप बिबरण आउन बाँकी नै रहेको छ ।

समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


