पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्गको स्याङ्जा-पाल्पा सडक खण्ड एकतर्फी खुल्यो

स्याङ्जा :

आइतवार देखी अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ । सिद्धार्थ राजमार्गको स्याङ्जा–पाल्पा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको थियो । डोजरको साहयतामा एकतर्फी भएपनि राजमार्ग खुलाउन सफलता मिलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुई प्रदेश जोड्ने राजमार्ग अबरुद्ध हुदा बुटवल पोखरा चल्ने सवारी आवागमन बन्द हुन पुगेको थियो । एक जनाको मृत्यु र ३ जना घाईते हुने गरी आएको पहिरो हटाउन प्रहरीले पहल गरेपनि बर्षाद्का कारण समस्या हुदै आएको थियो ।

पहिरोले राजमार्ग अवरुद्ध भएपछि रोकिएका सवारी साधनहरु एक तफी सडक खुलेपछि गन्तव्य तर्फ लाग्न सहजता मिलेको प्रहरी प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिए । आईतवार करिब ४ बजे तिर माथीबाट आएको पहिरोले २ घर पुरिएका छन् भने केही घरमा क्षती पुराएको छ । पहिरोले घर पुरिदा एक जनाको घट्ना स्थलमै मृत अवस्थामा र ३ जनालाई घाईते अवस्थामा उद्धार गरिएको थियो ।

घाईतेको पाल्पा स्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । पहिरोले पुरिएर वालिङ १४ का धनमाया उम्रा मगरको मृत्यु भएको थियो । प्रहरी प्रवक्ता अधिकारीका अनुसार पहिरोले घर पुरिदा छत्रदेवी गाँउपालिका ५ गुल्मीका बर्ष ३५ की लक्ष्मी बस्नेत, शैनामैना नगरपालिका १ रुपन्देहीका बर्ष १६ का शिशिर योगी र भीरकोट नगरपालिका ५ का बर्ष ३६ का नारायण तिवारी घाइते भएका थिए । ४ दिन देखि परेको अविरल बर्षाद्ले स्याङ्जा ग्रामिण सडकहरु समेत अवरुद्ध भएका छन् ।

Facebook Comments Box
TOP