गल्याङ : पहिरोले सडक अवरुद्ध हुँदा शव पनि बाटैमा

गल्याङ : अविरल वर्षासँगै झरेको पहिरोले सिद्धार्थ राजमार्गसहित सहायक राजमार्ग अवरुद्ध भएका छन्।
आइतबार बिहानदेखि अवरुद्ध राजमार्ग सोमबार रातिसम्म खुल्न सकेका छैनन्। सहायक सडकसमेत पूर्ण अवरुद्ध हुँदा यात्रुले सास्ती बेहोर्नु परेको छ।
दुई दिनदेखि टाढा टाढा पुग्ने यात्रु बीच बाटोमै अलपत्र परेका छन्। शवसमेत घाटसम्म पुर्याउन कठिन भइरहेको छ। उपचारका क्रममा काठमाडौमा मृत्यु भएका एक जनाको शव आफ्नो घर स्याङ्जाको मिर्मीतर्फ ल्याइँदै थियो।
गल्याङ नगरपालिकाको जिरोभन्दा केहीमाथि ठूलो पहिरो खसेको छ। गल्याङ–मिर्मी सडकखण्ड ठप्प छ। शव बोकेको गाडी पहिरोले गन्तव्यमा जान सकेन।
यसबाट शव बीचबाटोमै अलपत्र पर्यो। आफन्त र केही अन्य यात्रुको सहयोगमा शव अप्ठ्यारो झाडी भएको ढिक अर्थात् कान्लाबाट निकाल्नु परेको थियो। राम्रोसँग मानिस अडिन नसक्ने ढिकबाट शव निकालिरहँदा अन्य यात्रुका आँखा रसाएका थिए।
बर्खाले मर्दासमेत दुःख दिएको गल्याङ नगरपालिका–३ कि जानकी सुनारले बताइन्।
राजमार्गका विभिन्न ठाउँमा पहिरो गएको छ। पाल्पा–बुटवल सडकखण्ड अन्तर्गत तानसेन नगरपालिका– ८ डुम्रेमा माथिबाट आएको पहिरोले राजमार्ग अवरुद्ध छ। लेदो माटोसहितको पहिरो बगिरहेकाले पहिरो पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर त्वातीले बताए।
आइतबार बिहान साढे १० बजेदेखि राजमार्ग अवरुद्ध भएको हो। उनकाअनुसार गौडे पुलमासमेत पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ। पहिरो पन्छाउने प्रयास भइरहेको उनले बताए।
पानी परिरहेको र राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले नजिकको प्रहरी कार्यालयमा जानकारी लिएर यात्रा गर्न त्वातीले सबैसँग अपिल गरे।
यता स्याङ्जास्थित गल्याङ नगरपालिका–१ राम्दीमा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। अहिले एकतर्फी सुरु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए।
उनकाअनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने मालुङ्गा र चिउरीमा पनि पहिरो खसेर राजमार्ग अवरुद्ध छ। अहिले पहिरो पन्छाउने प्रयास भइरहेको उनले बताए। मिर्मीतर्फ जाने सडकमासमेत ठूलो पहिरो खसेको छ। अहिले सडक पूर्णरूपमा अवरुद्ध छ।
पहिरो पन्छाउन गएको डोजर केही समय माटो फालेर फर्किएको छ। अन्य ठाउँको शवसमेत झाडी र अप्ठ्यारो ढिक हुँदै निकाल्नु परेको थियो। डोजर गल्याङ नगरपालिकाबाट गएको थियो। थाहाखवरबाट साभार
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…