पानी तान्ने मोटरबाट करेण्ट लागेर एक युवकको मृत्यु ।
पोखरा:
तनहुँ बन्दिपुरमा पानी तान्ने मोटरबाट करेण्ट लागेर मंगलबार बिहान एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको बन्दिपुर गाँउपालिका १ बेलभञ्ज्याङ बस्ने २४ वर्षीय सन्तोष क्षेत्रीको रहेको प्रहरीले जनाएको छ ।
घरको पानी तान्ने मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर क्षेत्रीको घरमै मृत्यु भएको हो । घटना बारे थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीको अध्याक्षमा पुनः गुरुङ
२ हप्ता अगाडि
वालिङ : वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था वालिङको पाचौँ साधारण सभा एवं दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले…


