टाेकियाे ओलम्पिक सकियो, अर्काे भेट पेरिसमा ।
काठमाण्डाै : काेराेना महामारीकाे चुनाैतीका बीच टाेकियाे ओलम्पिक सफल रह्याे । २३ जुलाईमा सुरु भएकाे याे प्रतियाेगिता आज आइतवार समापन भएकाे छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का अध्यक्ष थाेमस बाकले टाेकियाे ओलम्पिक २०२० काे समापन भएकाे औपचारिक घाेषणा गर्नुभएकाे हाे ।
अब आउँदाे ओलम्पिक सन् २०२४ मा पेरिसमा हुनेछ । टाेकियाे ओलम्पिकमा झन्डै ११ हजार खेलाडीले तीन सय ३९ इभेन्टमा भाग लिएका थिए ।

समापन समाराेहकाे सुरुवात आतिशबाजीबाट भएकाे थियाे । त्यसपछि मञ्चमा आयाेजक जापानकाे झन्डा फहराइएकाे थियाे । त्यसपछि सबै देशकाे झन्डा स्टेडियममा एउटा गाेलाे आकारमा देखाइएकाे थियाे । बिस्तारै–बिस्तारै खेलाडीहरू स्टेडियममा आउन थाले । याे दृश्य निकै महमाेहक थियाे ।

समापन समारोहमा टाेकियाेका गभर्नर युरिको कोइके और आईओसीका अध्यक्ष बाकले ओलिम्पिक झन्डालाई पेरिसका मेयर एनी हिडाल्गोलाई सुम्पिएका छन् । पेरिसमा नै आउँदाे २०२४ पेरिस ओलम्पिक आयाेजना हुँदैछ । यही क्रममा एफिल टावरमा पनि ओलम्पिक झन्डा फहराइएकाे थियाे ।
यस संस्करणकाे ओलम्पिकमा अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यसहित एक सय १३ पदक जित्दै पहिलाे बनेकाे छ । तीन भने ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदकका साथ दाेस्राे नम्बरमा रह्याे । तेस्राेमा भने २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक जित्दै आयाेजक जापान छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


