काठमाण्डौ उपत्यकामा बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन गुडाउन नपाईने ।
काठमाण्डौ:
काठमाण्डौ उपत्यकामा बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन गुडाउन नपाईने भएको छ। यो नियम सार्वजनिक र निजी सवारीसाधन दुवैलाई लागू हुने प्रशासनले बताएको छ। कोरोना संक्रमण बढ्न थालेपछि प्रशासनले यस्तो आदेश जारी गरेको हो।
अत्यावश्यक सवारीसाधन भने चलाउन पाइनेछ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति ८ बजेअगावै उपत्यकावासी आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने बताएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोना संक्रमण बढ्न थालेपछि कडाइ गर्न लागिएको बताए। उनले भने, ‘सार्वजनिक ठाउँमा भिडभाड गर्न र ८ बजेपछि सवारीसाधन ओहोरदोहोर निषेध गर्ने निर्णय भएको छ ।’
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


