निजामती कर्मचारी युनियन वालिङको अध्यक्षमा रेग्मी
तोलाकान्त बगाले/वालिङ :
निजामती कर्मचारी युनियन वालिङको शुक्रबार बसेको भेलाले नगरस्तरीय समिति गठन गरेको छ । वालिङ नगरपालिका अन्तर्गतका कार्यालयहरुमा कार्यरत लोकतन्त्रप्रति आस्थावान कर्मचारीहरुको भेलाले नारायणप्रसाद रेग्मीको अध्यक्षतामा वालिङ नगरस्तरीय नेपाल निजामति कर्मचारी युनियन सर्वसहमतिबाट निर्वाचित गरेको हो ।
उपाध्यक्षमा जीवनाथ पौडेल, सचिवमा माधवप्रसाद न्यौपाने, कोषाध्यक्षमा गीता पाठक, सहसचिवमा कमला खड्का छन् भने सदस्यहरुमा ईश्वरीप्रसाद तिवारी, धु्रव रेग्मी, बसन्तकुमार अधिकारी, प्रेमनारायण सुवेदी, देउबहादुर पाण्डे, पार्वती अर्याल छन् । भेलाको उद्घाटन गर्दै चापाकोट नगर प्रमुख शिवकुमार गिरीले सेवाग्राहीहरुलाई सन्तुष्ट हुने गरी कार्य सम्पादन गर्दै आगामी दिनमा अगाडि बढ्न सुझाव दिए । उनले कर्मचारीहरुका सेवा सुविधा तथा हकहितका विषयमा सबै एकजुट भएर सुखदुखमा सहयोग र सिकाई आदान प्रदान गर्दै अगाडि बढ्न पनि उनले आग्रह गरे ।

कार्यक्रममा वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले सबै कर्मचारीलाई समेटेर विना भेदभाव र सबैको हकहितमा केन्द्रीत हुँदै गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा निजामति कर्मचारी युनियन स्याङ्जाका अध्यक्ष ज्ञानप्रसाद अर्याल, वालिङ नगरपालिका सामाजिक विकास शाखा प्रमुख पदमप्रसाद पाण्डे, स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डे, कानून शाखा प्रमुख नरबहादुर पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । निजामति कर्मचारी युनियन स्याङ्जाका अध्यक्ष ज्ञानप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन माधव न्यौपानले गरेका । नवनिर्वाचित अध्यक्ष रेग्मीले निजामति कर्मचारीहरु एक भई सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


