आत्मनिर्भर शिक्षा मेरो प्राथमिकता : मन्त्री श्रेष्ठ

Mekhalal shresth

भवानी अधिकारी :
शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक बिकास मन्त्री मेखलाल श्रेष्ठले गुणस्तरीय र आत्मनिर्भर शिक्षा आफनो प्राथमिकतामा रहेको बताउनुभयो ।
पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आर्दश नमूना माध्यमिक बिद्यालय भवनको शुक्रवार शिलान्यास गर्दे मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।
बालबालिकालाई मन्टेश्वरी कक्षादेखि नै सामुदायिक बिद्यालयमा पढ्ने बतावरण बनाउनेगरी गण्डकी प्रदेशले शिक्षा निती बनाएको उहाले जानकारी दिनुभयो । आफु रहुन्जेल शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उहाको भनाई छ।
शिक्षामा राज्यको लगानी धेरै भए पनि अपेक्षाकृत उपलब्धी हुन नसकेको बताउदै मन्त्री श्रेष्ठले बालबालिकालाई बिद्यालयमा टिकाउने र सिकाउनेसम्मका ब्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो ।
‘स्वतन्त्रता पूर्वक प्रतिस्पर्धा गर्दे सामुदायिक बिद्यालयले गुणस्तरीय शिक्षा दिनु पर्ने उहाको भनाई छ । गुणस्तरीय शिक्षा बिना मुलुकको विकास संभव नभएको जनाउदै उहाले बर्तमान शैक्षिक प्रणालीमा परिवर्तन गर्दे गुणस्तरीय शिक्षाका लागि आफु तयार रहेको मन्त्री श्रेष्ठको भनाई छ ।
कार्यक्रममा गण्डकी प्रदेश सचेतक भागवतप्रकाश मल्ल, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निर्मलकुमार शेरचन, सदस्य शान्तिदेवी गौतम, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, शिक्षक शिवप्रसाद ढकाल लगायतले बिद्यालयका गुणस्तरीयता बारेमा सुझाव सहित आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।
नमूना बिद्यालय कार्यक्रम अन्र्तगतको करिब १ करोड ४४ लाखको लागतमा निर्मित भवन १४ महिनाभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको छ । भवन निर्माणको जिम्मेवारी सीता बिल्डर्सले पाएको बिद्यालयले जनाएको छ ।

 

Facebook Comments Box
TOP