अनुदानका कार्यक्रमको प्राथमिकतामा साना किसान हुनु पर्नेमा जोड ।

UNDP_Sanchitaka_btl

बुटवल :
सरकारले वितरण गर्ने अनुदानमा साना तथा आफ्नै व्यवशाय शुरु गर्न चाहने किसाहरूलाई समेट्नुपर्ने सरोकारवालाहरुले जोड दिएकाछन् । संघ,प्रदेश तथा स्थानीय सरकारहरुको प्राथमिकता साना किसानलाई हुनु पर्नेमा उनीहरुको जोड छ ।
संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडीपी)को सहयोग तथा सञ्चारिका समुह लुम्बिनीको आयोजनामा बुटवलमा भएको ’कोभिड १९ मा लुम्बिनी प्रदेशमा अनुदानमुखि कार्यक्रम उपलब्धी र चुनौती’ विषयक अन्तरक्रियामा सहभागीहरूले साना तथा ग्रामिण कृषकलाई प्रथामिकता दिन आग्रह गरेकाहुन् ।
सहभागीहरुले अनुदान टाठा–बाठा मात्रै किसानहरूले पाएको भन्दै सानो स्केलमा काम गर्ने किसानहरूको लागि पनि योजना सोही अनुसारको हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै लुम्विनी प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले सरकारले उत्पादनमुखी कृषक तथा साना किसानलाई प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले सोही अनुशार नै अनुदानका कार्यक्रम सञ्चालन गरिएको पनि जानकारी दिनुभयो ।

undp anudan

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बाबुराम अधिकारीले सरकारका अनुदानमुखी कार्यक्रम सफल बनाउन उत्पादन बढाउने र लागत घटाउने खालका कार्यक्रम आवश्यक रहेको बताउनु भयो । अनुदानका कार्यक्रम सफल पार्न स्थानीय तहलाई नै जिम्मेबार र सुबिधा सम्पन्न बनाउनु पर्ने उहाँले बताउनु भयो । सरकारको कुनै न कुनै अनुदान विना कृषिको व्यवसायीकरण हुन नसक्ने बताउदै उहाँले अनुदानका मोडल भने फेर्नुपर्ने देखिएको स्पष्ट पार्नु भयो ।
कार्यपत्रमा सहकारी बिज्ञ डाक्टर खगराज शर्मा र डाक्टर प्रदीप शर्माले टिप्पणी गर्दै नागरिकको आवश्यकता पहिचान नगरी ल्याइएका कार्यक्रमको प्रभावकातिा नहुने बताउनु भयो ।
कार्यक्रममा बोल्दै युएनडिपीका लुम्बिनी तथा गण्डकी प्रदेश प्रमुख सुदिप अर्यालले किसान र स्थानीय सरकार बीचको कार्यक्रममा जोड्न युएनडिपीले शुरु गरेको कार्यक्रमले सहजीकरण गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘युएनडिपीले स्थानीय पालिकाहरुसँग मिलेर सञ्चालनमा ल्याएको उद्यमशीलता, व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको समन्वय प्रभावकारी रहेको छ, जसको कारण कृषक तथा नवउद्यमीहरुलाई प्रत्यक्ष फाईदा पुगेको छ’ । कृषकहरुले अनुदान तथा राहतका सम्वन्धमा जानकारी दिने तथा कागजी प्रक्रियाका लागि आवश्यक रित पुर्याउन सहयोग गर्ने काम ईबिकले गरिरहेको अर्यालको भनाई छ ।
सञ्चारिका समूह लुम्बिनीका महासचिव अमृता अनमोलको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments Box
TOP