त्रिकोणत्मक सिरिजको पहिलो खेलमा नेपाल र अमेरिका भिड्दै ।
काठमाण्डौ:
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणत्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।सिरिजको उद्घाटन खेलमा नेपालले अमेरिकाको सामना गर्ने छ । नेपाल र अमेरिकाबिचको खेल भदौ २८ नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे शुरु हुने छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (अइसिसी) ले आज बुधबार खेल तालिका सार्वजनिक गरेको हो सार्वजनिक गरिएको तालिका अनुसार दोस्रो खेलमा नेपालले आयोजक ओमानको सामना गर्ने छ । त्यसपछि भदौ २९ मा खेलिने खेल दिउँसो ४ः१५ बजे शुरु हुने छ ।
तेस्रो खेल असोज १ मा अमेरिकाविरुद्ध खेल्ने नेपालले रिरिजको अन्तिम खेल असोज ३ मा आयोजक राष्ट्रि ओमानसँग खेल्ने छ । सिरिजका सबै खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे शुरु हुने छन् ।
विश्वकप लिग–२ अन्तर्गतको पहिलो अवे र दोस्रो सिरिज पूर्व नेपालले ओमानमा पपुवा न्युगिनी (पिएनजी) सँग दुई एकदिवसीय खेल खेल्ने छ । नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ मा खेल्ने छ । नेपालले ४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


