चुनाव नजिकिदै जाँदा कांग्रेस नेता खाँणले भने,‘पार्टीलाई शसक्त बनाउन भावी कार्यक्रमको मन्थन होस् ।’
वालिङ :
नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै जाँदा पार्टी भित्रको चुनावी माहोल तातिरहेको छ । भदौं १८ गते वडातहको चुनाव गरेर पार्टीको चुनावी अभियान औपचारिक रुपमा शुरु हुँदैछ ।
चुनाव नजिकिदै जाँदा पार्टीको आगामी रणनीति बारे त्यती बहस भईरहेको छैन् तर कुन नेताले कुन पदमा उमेद्वारी दिने भन्ने चर्चा भने सबै तिर रहेको छ ।
यता वालिङ नगरपालिकाका नगर प्रमुख तथा काँग्रेस नगर सभापति दिलिपप्रताप खाँणले नेपाली कांग्रेसको १४ महाधिबेशनलाई मर्यार्दित र पार्टीलाई सशक्त बनाउन भावी कार्यक्रमको मन्थन जरुरी रहेको बताउनु भएको छ ।
नेता खाँणले निकाल्नु भएको सार्वजनिक अपिलमा भनिएको छ ‘नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई मर्यादित र पार्टीलाई शसक्त बनाउन विचारको, एकता र वडा वडामा भावि कार्यक्रमको मन्थन होस ।’
विना पुर्वाग्रह, स्वतन्त्र रुपमा पार्टीप्रति वफादार रहि सम्पुर्ण क्रियाशिल सदस्यहरुको चुस्त र पार्टी प्रति सकारात्मक हुने नेतृत्व चयन हुनु पर्नेमा नेता खाँणको जोड रहेको छ ।
उहाँले प्रतिस्पर्धा सामन्य खेल रहेको भन्दै यसलाई पार्टी भित्रको मैत्रीपुर्ण खेलको रुपमा लिएर सहजरुपमा स्वीकार गर्न र संगठनलाई मजवुत गराउने तर्फको वातावरण बनाउन आग्रह गर्नु भएको छ ।
नेता गाँणले निकालेको सार्वजनिक पत्रमा भनिएको छ, ’कांग्रेस एक ढिक्का हुने वातावरण बनोस । पार्टी र रुख अभिन्न अंग हुन भन्ने महशुस होस आम नागरिकको अगाडी कांग्रेसको आदर्श र व्यावहारले सकारात्मक प्रभाव पार्ने वातावरण बनोस । सवै कांग्रेसी जनहरुको सम्मान गर्न सबै अग्रज एवं सहकर्मी साथीहरुमा अनरोध छ ।’
लामो सयम वालिङ नगरपालिकाको नगर सभापति भईसक्नु भएका नेता खाँण यस पटक स्याङ्जा क्षेत्र नम्वर २ को सभापति बन्ने चर्चा चलेको भए पनि नेता खाँणले सावैजनिक रुपमा यसबारे केही बोल्नु भएको छैन ।

समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


