सपनाको फल: सपनामा के देख्दा के फल पाईन्छ ?
काठमाडौं :
सपना एउटा स्वस्थ व्यक्तिको शारीरीक तथा मनोवैज्ञानिक प्रक्रिया हो । निन्द्रा सामान्यता जागृत सुषुप्त अनि स्वप्न अवस्थामा विभाजन गर्न सकिन्छ । चेतन र अवचेतन अवस्थामा जाने आउने दृश्य र अवचेतन र चेतन अवस्थामा आउने फेरबदल परदृश्यलाई नै सपनाको वैज्ञानिक परीभाषा मान्न सकिन्छ । गहिरो निन्द्रामा देखिने सपनाले ज्योतिषीय मूल्य मान्यता राखेको हुन्छ ।
ज्योतिषीय शास्त्रमा कुनै पनि व्यक्तिले देखेको सपनाले पूर्वसूचना, शुभ, अशुभ अनि मिश्रित फल दिने बताइएको छ । सपना देखेको समय, तिथि, मिति अनि देख्ने व्यक्तिको शारिरिक तथा मानसिक अवस्थाले पनि सपना पुरा हुने नहुने कुरा बताउन सकिन्छ । बिरामी, मानसिक तनाब, शोकको अवस्था र दिनमा देखेको सपनाको कुनै अर्थ राख्दैन । दिनमा आएका अनेक तर्क र वितर्क र वृतान्तहरु राती स्वप्नमा देखियो भने त्यस्तो सपनाको कुनै फल हुदैन
सपनामा सुवर्ण, हात्ती, गाई, घोडा, अन्न, बत्ती, कन्या, फलफूल, ध्वजा, रथ, छाता देखियो भने त्यस्तो सपनाले परिवारमा नयाँ मानिसको आगमन हुने तथा यस कृति फैलनेछ ।
सपनामा घाउ चोट लाग्यो भने कीरा पर्यो भने, झाडा लागे वा रगत मासी परे वा रगतमा मुछिएको देखेमा विपनामा धनवान हुनेछ ।
सपनामा हात्ती, घोडा, गाई, पर्वत, तरवार, देवल तथा रुख चढेको देखियो भने अथवा त्यही बसेर केहि खायो भने, रोएको देख्यो वा धन कसैलाई दिएको देख्यो भने, हातमा विणा लिएको देख्यो भने विपनामा भूमि लाभ हुनेछ ।
कुनै रत्नपूक्त शहरमा गयो भने, समुद्रभित्र पस्यो भने, मदिरापान गरेको देखेमा रामा कुरा सुनिने तथा प्रशस्त धन पाईनेछ । जल–पूर्ण घडा, ब्रहण, बल्दो आगो, फूल उत्तम घर, सेतो धान, नटुला सपनामा देखिए धन लाभ हुनेछ ।
सपनामा गाई, घ्यू, नर देखियो भने पुन्य कार्य हुनेछ । इच्छित कार्य सफल हुने तथा धन
लाभ हुनेछ ।
कमलको पातमा दही, घ्यू, केहि मिष्ठान्न आदी कुनै नदिको तटमा बसेर खाएको देखेमा उच्च पोष्ट तथ कार्यकारी पद पाइनेछ भनि स्वप्न ध्यायमा लेखिएको छ ।
(ज्योतिषीय शास्त्र)
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


