अन्तत: बिक्रि भयो पोखराको मनिपाल शिक्षण अस्पताल, मुल्य कति ?
पोखरा : तीन दशकअघि स्थापित पोखराको मणिपाल मेडिकल कलेज एन्ड हस्पिटल बतास अर्गनाइजेसन र अटोवेज ग्रुपले खरिद गरेको छ ।
कूल ३ अर्ब २५ करोडमा खरिद गरिएको मणिपाल मेडिकल कलेजमा बतास अर्गनाइजेसनको ६० प्रतिशत तथा अटोवेज ग्रुपको ४० प्रतिशत सेयर रहनेछ ।
मेडिकल कलेज खरिदसम्बन्धी सबै तयारी पूरा भएको र अन्तिम सम्झौताको ड्राफ्टसमेत तयार भइसकेको छ ।
नेपाल मेडिकल काउन्सिलबाट प्रतिवर्ष १ सय जनाको एमबीबीएस अध्यानिका लागि अनुमति पाएको मणिपाल कलेजसँग ९ सय बेड क्षमताको अस्पताल पनि रहेको छ ।
मेडिकल कलेजको सेयर हस्तान्तरणपछि बोर्डमा चार जना रहने सहमति भइसकेको छ । जसअनुसार बतास समूहका अध्यक्ष आनन्दराज बतास अध्यक्ष तथा अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेल उपाध्यक्ष रहनेछन् । यस्तै, बतास समूहका प्रबन्ध निर्देशक शान्तराज बतास तथा निर्देशक विपेन्द्रराज बतास बोर्ड सदस्यका रुपमा रहनेछन् ।
मणिपाल मेडिकल कलेज तथा अस्पतालको आफ्नै ३० रोपनी जग्गासहित १० लाख वर्गफिटमा रहेको भवन तथा पूर्वाधार रहेको छ । नेपालमा वाह्य लगानीको पहिलो मेडिकल कलेजका रुपमा सन् १९९४ बाट सञ्चालनमा आएको यो अस्पतालमा करिब १४ सय जनशक्ति कार्यरत छन् ।
अस्पताललाई पब्लिक लिमिटेड कम्पनीका रुपमा लैजाने योजना रहेको अध्यक्ष बतासले जानकारी दिए । यस्तै, मेडिकल कलेजमा प्यारामेडिकल कोर्स, बीबीए तथा एमबीए एन्ड इञ्जिनियरिङ र बीडीएस अध्ययन सुरु गर्ने योजना रहेको उनले बताए ।
“काठमाडौंमा पनि मेडिकल कलेज बिक्रीमा थिए तर हामीले मणिपाल नै खरिद गर्नुको कारण चाहिँ यो पोखराको भएर हो,” अध्यक्ष बतास भन्छन्, “पोखराका बिरामीले नसा वा मुटुरोगको उपचारका लागि हेलिकप्टर चार्टर गरेर काठमाडौं जान नपरोस् भनेर नै हामीले यहाँ नै लगानी गरेका हौं ।”
बतास र पौडेलको अगुवाईमा हाल पोखरास्थित सरकारी स्वामित्वको पश्चिमाञ्चल अस्पतालमा अक्सिजन प्लान्ट, आईसीयू तथा अन्य पूर्वाधारको काम भइरहेको छ । आदर्श समाज बाट
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


