लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा केसी प्रस्तावित
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।
मंगलबार प्रदेश सभा सचिवालयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
अविश्वास प्रस्तावमा विपक्षमा रहेका ३४ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन् ।
उनीहरुले नयाँ मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव पनि गरेका छन् ।
यसअघि, सोमबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि प्रस्ताव आह्वान गर्न विपक्षी गठबन्धनले माग गरेका थिए ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


