युवा दिवसको अबसरमा लायन्स /लियो क्लबद्वारा एभोकाडो बिरुवा बितरण
वालिङ :
अन्तर्राष्ट्रिय युवा दिवसको अबसर पारेर लायन्स मोडल भिलेज वालिङ नगरपालिका वडा नम्वर १० बझाकोटमा एभोकाडाका बिरुवा बितरण गरिएको छ ।
दिवसका अवसरमा लायन्स/लियो क्लब अफ वालिङ सिटी र लायन्स क्लब अफ वालिङ ग्रीन होमको संयुक्त आयोजनामा एभोकाडो वितरण गरिएको हो ।
लायन्स मोडेल भिलेजमा प्रत्येक घर २ एभोकाडो बिरुवा गरि ७६ बिरुवा हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बि नेपालका सिनियर (AOG) लायन चेतनारायण श्रेष्ठले लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बि १ नेपालले बझाकोट होमस्टे छनौट गरिदिएकोमा निकै खुसी लागेको बताउनु भयो । उहाँले लायन्स मोडल भिलेज देशकै नमुना बन्ने छ भनेर बिश्वास लिएको बताउनु भयो । , सिनियर लिडर लायन अर्जुन खनाल , समाजसेवी भुपराज बगाले , प्रथम उपाध्यक्ष लायन बिजय कोइराला लगायतले मन्तव्य राख्नु भएको थियो ।

लायन्स वालिङ अध्यक्ष लायन चुत्रकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य होमस्टेका अध्यक्ष मैना सारु ,धन्यवाद मन्तव्य लायन्स क्लब अफ वालिङ ग्रीन होम अध्यक्ष तेजन राना , कार्यक्रम सन्चालन लियो जिल्ला परिषद ३२५ बि १ नेपालका (PRO) लियो दिक्षान्त खाँण ले गर्नु भएको थियो ।
बिरुवाको व्यवस्थापन जोन चियर प्रसन लायन कबिता भुसालले गर्नु भएको थियो भने कार्यक्रमको जानकारी लियो क्लबका सह सचिब मणि सुबेदीले गराउनु भएको थियो ।
समाचार
थप सामाग्री-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
-
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
-
स्याङ्जाका दुबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।
-
आयुर्वेद चिकित्सा परिषदमा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट सुरु हुँदै ।
२ दिन अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा…


