लायन्स क्लव वालिङद्वारा विद्यार्थीहरुलाई पोशाक वितरण

lions club help

वालिङ :
लायन्स क्लब अफ वालिङ सिटिको आयेजनामा विद्यार्थीको लागी पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ । वालिङ ११ मा रहेको गणेशमान आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागी गणेशामान फाउन्डेशनको सौजन्यमा पोशाक वितरण गरेको हो ।

गणेशामान फाउन्डेशनद्धारा विद्यालयमा अध्ययनरत ७२ जना बालकालिकालाई पोषाक वितरण गरिएको लायन्स क्लब अफ वालिङ सिटिका अध्यक्ष दुर्गा थापाले जानकारी दिनुभयो

कार्यक्रममा लायन्स क्लवका पूर्व अध्यक्ष तथा डिस्ट्रिक ३२५ बि वान नेपालका सिनियर एओजी लायन चेतनारायण श्रेष्ठ,गणेशमान स्कूलका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापा ,लायन्सका पूर्व अध्यक्ष लायन कविता भूषाललगायतले बोल्नुभएके थियो ।

कार्यक्रममा नगरपालिकाका सदस्य गिता रनपाल ,लियो क्लवका तृतिय उपाध्यक्ष दिपक लम्साल , लियो क्लवका जिल्ला परिषद् ३२५बि एक नेपालका डिष्टी्रक पि आर ओ लियो दिक्षान्त प्रताप खाँण लगायत समितिका पदाधीकारीहरुको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रम लायन्स क्लवकी अध्यक्ष दुर्गा थापाको अध्यक्षतामा गणेशमान आधारभुत विद्यालयका प्रिन्सीपल बबिता खड्का क्षेत्रीले स्वागत र लायन स्वा श्रेष्ठले संचालन गर्नुभएको थियो ।

त्यस्तै लियो क्लव अफ वालिङ सिटीले गह्रौ कालिका आधारभूत विद्यालय वालिङ ८ मा अध्यनरत जेहेन्दार विद्यार्थीको लागी शैक्षिक सामागी्र प्रदान गरेको छ । विद्यालयमा अध्यनरत १ जना विद्यार्थीलाई १ बर्षको लागी पुग्ने आवश्यक सम्पूर्ण शैक्षिक सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा लायन्स क्लवका पूर्व अध्यक्ष तथा डिस्ट्रिक ३२५ बि वान नेपालका सिनियर एओजी चेतनारायण श्रेष्ठले वालिङ सिटीले गरेको समाजीक कार्यक्रको सफलताको शुभकामना दिनुभएको थियो ।

क्लवले वालिङ नगरपालिकाका एक वडाका विद्यालयमा अध्यनरत १ जना जेहेन्दार विद्यार्थीलाई १ बर्षको लागी पुग्ने आवश्यक सम्पूर्ण शैक्षिक सामाग्री वितरण गर्ने लक्षका साथ अगाडी बढेको लियो क्लवका जिल्ला परिषद् ३२५बि एक नेपालका डिष्टी्रक पि आर ओ लियो दिक्षान्त प्रताप खाँणले बताउनुभयो ।

कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ बि १ नेपालका अध्यक्ष लियो प्रकाश थापा , लायन्स क्लवका अध्यक्ष दुर्गा थापा, लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।

लियो क्लवका द्धितिय उपाध्यक्ष लियो प्रज्वल रनपालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लवका सचिव लियो किशोर बस्यालले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP