प्राधिकरणमा कुलमानको सानदार कमब्याक ।

काठमाण्डौ:
कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हालेका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् प्राधिकरणको प्रमुखमा पुनः नियुक्त गरेको थियो। ऊर्जामन्त्रीबाट नियुक्तिपत्र बुझेपछि उनले पदबहाली गरेका हुन्।
उनी कार्यालय पुग्दा कर्मचारीहरूले भव्य स्वागत गरेका थिए। आज रत्नपार्कस्थित विद्युत प्राधिकरण कार्यालयमा पुगेर पदबहाली गर्दै उनले काम लिएर, समयमै नगर्ने परिपाटीबाट कसैलाई उन्मुक्ति नदिइने टिप्पणी गरे। यसअघि गर्न बाँकी रहेका कामहरु आफ्नो दोस्रो कार्यकालमा सम्पन्न गर्ने उनले प्रतिबद्धता जनाए। ‘कसैको पनि कुरा काट्ने र टिकाटिप्पणी गर्नेभन्दा पनि आफ्नो काम अगाडि बढाउनेबारे सोच्नेछौं’ उनले भने।
आफूसामू धेरै चुनौति रहेको उल्लेख गर्दै उनले प्राधिकरणको आवश्यकता, सरकारको जिम्मेवारी र आम सर्वसाधारणको अपेक्षाले गर्दा ती चुनौतिको जोखिम लिएको टिप्पणी गरे। सरकारको कार्यायोजनाअनुसार नेपालको उर्जा क्षेत्रलाई आफूले नयाँ ‘हाइट’ दिने उनले प्रतिवद्धता जनाए।
यसअघि घिसिङ चार वर्ष विद्युत् प्राधिकरणमा काम गरेर २८ भदौ ०७७ मा बिदा भएका थिए । उनको कार्यकालमा सर्वप्रथम काठमाडौं हुँदै देशभर १ जेठ ०७५ मा लोडसेडिङ अन्त्यको घोषणा गरिएको थियो। उनको पालामा विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल भएको थियो। उनी नियुक्त हुँदा २९ भदौ ०७३ मा २६ प्रतिशत चुहावट रहेकोमा उनी बिदा हुँदा १५ प्रतिशतमा झारेका थिए। त्यस्तै, प्राधिकरणलाई सबैभन्दा बढी नाफा कमाउने संस्थानका रूपमा स्थापित गरेका थिए । आर्थिक वर्ष ०७६र७७ मा प्राधिकरणले ११ अर्ब ६८ करोड खुद नाफा कमाएको थियो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…