जुवाको खालबाट समन्वय उपप्रमुख बगाले पक्राउ परेपछि,एमालेको घर-झगडा छताछुल्ल ।
वालिङ : वडा प्रहरी कार्यालय वालिङले ब्राहमासे जुवा अड्डावाट एमालेका जिल्लास्तरीय नेता एवं जिल्ला समन्वय समिति स्याङजाका उप–प्रमुख दीलिप बगाले सहित दश जनालाई रंगेहात पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको कमाण्डमा आइतबार वालिङ बजारको क्याम्पस रोडस्थित एउटा घरबाट बगालेसहितका दश जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी प्रमुख (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए ।
एसपी बोगटीले भने, ‘आज बिहानै एकजना महिलाले रुँदै मेरो पतिले जुवा खेलेर हैरान बनाउनुभयो भनेर फोन गर्नुभयो । ती महिलाले घरमा खाने खर्च छैने,तर छोराछोरीको स्कुल फी तिर्ने पैसा पनि जुवा खेलेर सिध्याउनुभयो । जुवाको अडखा बन्द गरिदिनुपर्यो भनेर फोन गर्नुभयो । हामीले आजै छापामारेर जुवाडेहरू पक्राउ गरेका हौँ ।’
क्याम्पस रोडको घरमा दुई वटा फ्ल्याट भाडामा लिएर खेमबहादुर थापाले जुवा खेलाउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले नगद ३५ हजार ९ सय ५० रुपैयाँ पनि बरामद गरेको छ । जुवा खेल्न प्रयोग गरिएका तास र अन्य विभिन्न सामग्रीहरू पनि प्रहरीले बरामद गरेको छ ।
उनीहरु क्याम्पस रोड स्थित रघुनाथ अर्यालको घरबाट पक्राउ परेका हुन् । उपप्रमुख बगाले यसअघि पनि वडा अध्यक्षलाई कुटपिट गरी हात भाँचेको आरोपमा प्रहरी हिरासतमा परेका थिए ।
जुवाको खालबाट लागूऔषध गाँजा पनि बरामद भएको छ । लागूऔषधका सम्बन्धका प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
बगाले पक्राउ परेपछि एमालेको घर झगडा सतहमा
जुवा खेलीरहेको अवस्थामा प्रहरीद्वारा पक्राउ परेका जिल्ला समन्वय समिती स्याङ्जाका उपप्रमुख दिलिप कुमार बगाले पक्राउ परेपछि आइतवार साँझ एमाले स्याङ्जाका अर्का नेता तथा पूर्व मन्त्री पद्मा अर्यालका पति लक्ष्मीपति पौडेलले आफ्नो समाजिक संजालमा ‘जुवा खालमा बसेर तास खेल्ने मान्छे यदी राजनैतिक दलको सदस्य, कार्यकर्ता वा नेता छ भने उसको सदस्यता खोसिदिए हुन्छ’भनेर स्टाटस पोष्ट गरेका छन् ।
उनको यो स्टाटस जुवा खालवाट पक्राउ परेका उपप्रमुख दिलिप बगालेलाईनै लक्षित गरेको जस्तो देखिन्छ । उनको समाजिक संजालमा आएको यो स्टाटसलाई जिल्लामा पार्टी भित्र को झगडालाई सामाजिक संजाल मार्फत सतहमा ल्याइएको भन्दै कतिपय एमाले नेता तथा कार्यकर्ताले टिप्पणी गर्न थालेका छन् । तस्विर सामाजिक सञ्जाल
समाचार
थप सामाग्रीवालिङका १८६ विद्यार्थीलाई वृत्ति मार्गनिर्देशन
६ दिन अगाडि
सुशील सुवेदी/स्याङ्जा पछिल्लो समय विद्यार्थीहरुमा भविष्यको अन्यौलता बढ्दै जान थालेको छ । माध्यमिक तह सम्पन्न गरेपश्चात विद्यार्थीमा भविष्यमा के गर्ने…