गण्डकी प्रदेशमा ईन्टरनेट बिना कक्षा संचालन गर्न मिल्ने अफलाईन मोबाईल एप्स ल्याइदै ।

Mekhalal Shresth 2

पोखरा :
गण्डकी प्रदेशमा ईन्टरनेट बिना कक्षा संचालन गर्न मिल्ने अफलाईन मोबाईल एप्स सञ्चालनमा ल्याईने भएको छ । गण्डकी प्रदेश सरकारका शिक्षा,सस्कृती,विज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले कोभिड प्रभावित भएको शिक्षालाई नेपालको परिवेशमा पूनर्जीवित गर्न सहजरुपमा सञ्चालन हुने गरी अफलाईन मोबाईल एप्स ल्याउन लागिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपालका पहाडी गाँउगाँउमा ईन्टरनेट सुविधा पुगेको छैन त्यसैले अफलाईन एप्स ल्याउन लागेका हौं ।
सबै नागरिकलाई एन्ड्रोईड मोबाईल दिन सकिने अवस्था पनि नरहेको र स्वयं सबै नागरिकले किन्न सक्ने अवस्थामा पनि नरहेकाले नजिकैको बिद्यालय वा पायक पर्ने ठाँउमा सञ्चालन हुनेगरी अफलाईन मोवाईल एप्स मार्फत कक्षा चलाउने व्यवस्था मिलाउन लागिएको मन्त्री श्रेष्ठले बताउनु भयो । बिश्वका बिभिन्न देशमा यो कार्यक्रम सञ्चालन भई रहेको भन्दै नेपालका लागि यो प्रभावकारी हुने उहाँले स्पष्ट पार्नु भयो ।
कोभिडका कारण प्रबिधि मैत्री बन्दै गएको नेपालको शिक्षा प्रणाली निक्कै प्रभावित भएको मन्त्री श्रेष्ठको भनाई छ । ईन्टरनेट सुविधा पुग्न नसकेको ठाँउको पढाई नै अस्तव्यस्त हुने भयो मन्त्री श्रेष्ठले भन्नुभयो त्यैसैले हामी बैकल्पिक उपाय तर्फ लागेका छौं ।
आँधीखोला खवरसँग कुरा गर्दै मन्त्री श्रेष्ठले कोभिडले टुटफुट भएको नेपालको शिक्षालाई बैकल्पिक उपाय अपनाएर नै उठान गर्न सकिने स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयो, ‘गण्डकी प्रदेशमा नै नमुनाको रुपमा यो अभियान सञ्चालन गछौं ’ ।

Facebook Comments Box
TOP