ब्राजिलले जित्यो पुरूष फुटबलमा स्वर्ण ।

एफसी:
ब्राजिलको यु-२३ टिमले टोकियो ओलम्पिकअन्तर्गत पुरूष फुटबलमा स्वर्ण जितेर पदक रक्षा गरेको छ।
शनिबार जापानको योकोहामा अन्तर्राष्ट्रिय रंगशालमा  भएको फाइनल खेलमा ब्राजिलले स्पेनलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै स्वर्ण पदक रक्षा गरेको छ।

यसअघि पनि ब्राजिलले रियो ओलम्पिक-२०१६ मा घरमै  पुरुष फुटबलमा स्वर्ण जितेको थियो।

पहिलो हाफको इन्जुरी टाइममा ब्राजिलका माथेअस कुन्हाको गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए। ६१ मिनेटमा स्पेनका मिकेल ओयार्जाबालले बराबरी गोल फर्काउन सफल भए।

अतिरिक्त समयमा ब्राजिलका सब्स्सिच्युट खेलाडी माल्कोनले गोल गरेका थिए। उनले १०८ मिनेटमा गोल गरेका थिए। यसरी ब्राजिलले अतिरिक्त समयमा जित निकालेको छ। त्यसअघि खेलको ३८ मिनेटमा ब्राजिलले पेनाल्टीमा मिस गरेको थियो।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP