म्याग्दीमा बाढिले घर-गोठ बगायो, करिब ५० घर बाढीको जोखिममा ।
बेनी:
म्याग्दीको बेनी नगरपालिका–३ दूधे खोलामा आज बिहान बाढीले एक घर बगाएको छ भने करीब ५० घर बाढिको जोखिममा परेका छन् । भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा पहिरो खसेर दूधेखोलामा आएको बाढीले कटान गरेर घर, सडक र खानेपानीको पाइप बगाउनाका साथै जोखिम बनाएको हो ।
वडा नं ३ भकिम्लीका वडा सदस्य गेमप्रसाद घर्तीले बाढीले बगाएर दिपा पुनको घर पूर्ण क्षति भएको जानकारी दिए। “नारायण पुन र तिलाराम थापाका घर उच्च जोखिममा छन्”, उनले भने “दूधेखोलाको दाँयाबायाँ किनारमा रहेका करिब ५ घरधुरी भएको बस्ती नै बाढीको जोखिममा परेको छ।” नारायणको गोठमा बाँधेको दुहुना भैँसी भाग्ने क्रममा बाढीले बगाएर मरेको छ।
करिब सात सय मिटरको दुरीमा बाढीले बस्तीतर्फ कटान गरेको छ। कोप्रेतर्फ पनि कटानको जोखिम छ। बाढीका कारण बेनी नगरपालिका र मङ्गला गाउँपालिकाका चार वडालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–बरङजा सडक अवरुद्ध भएको छ।
सडक अवरुद्ध हुँदा भकिम्ली, सुर्केमेला, बास्कुना, थामडाँडा र बरङजा सिधायातायात सम्पर्क विच्छेद भएको छ । सो क्षेत्रका किसानलाई बेनीमा दूध ढुवानी गर्न समस्या भएको छ। खानेपानी र सिँचाइका पाइप बाढीले बगाएको छ। हल्लेगौँडाको पहिराका कारण दूधेखोला–हल्लेगौँडा–डाडाँखानी हुँदै भकिम्ली जोड्ने सडक गत जेठ देखि नै अवरुद्ध छ। दूधेखोलाको बाढीले म्याग्दी खोला बग्ने ठाउँलाई साँघुरो बनाउँदा तलाउ बनेको छ। तलाउका कारण चुत्रेनीमा डुबान र कटानको जोखिम बढेको छ ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…