म्याग्दी बेनीमा आगलागी ।
बेनी:
म्याग्दीको बेनी बजारमा आज बिहान २ः४५ बजे भीषण आगलागी भएको छ । बेनी नगरपालिका– ८ स्थित न्यूरोडमा भएको आगलागीबाट दुईवटा पसल पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति नभएपनि लाखौं बराबरको क्षति भएको अनुमान गरिएको छ ।
जस्तापाताले छाएको एकतले उक्त घरका दुईवटा सटरमा रघुगंगा डेरी र नयन स्टोर्सले भाडा तिरेर पसल सञ्चालन गरेका थिए । आगलागीबाट दुवै पसलमा क्षति पुगेको छ । डेरी पसलबाट सल्केको आगलागी सँगै जोडिएको नयन स्टोर्समा पुगेको थियो ।
आगलागी भएको केही बेरमा नै दमकलको साहयतामा आगलागी नियन्त्रणमा लिएको थियो । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली स्थानीयको सहयोगमा अहिले आगलागी नियन्त्रणमा आएको जनाइएको छ ।
आगलागीको एकीन कारण भने खुल्न सकेको छैन । पसलभित्रको बिजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


