म्याग्दी बेनीमा आगलागी ।

बेनी:
म्याग्दीको बेनी बजारमा आज बिहान २ः४५ बजे भीषण आगलागी भएको छ । बेनी नगरपालिका– ८ स्थित न्यूरोडमा भएको आगलागीबाट दुईवटा पसल पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति नभएपनि लाखौं बराबरको क्षति भएको अनुमान गरिएको छ ।
जस्तापाताले छाएको एकतले उक्त घरका दुईवटा सटरमा रघुगंगा डेरी र नयन स्टोर्सले भाडा तिरेर पसल सञ्चालन गरेका थिए । आगलागीबाट दुवै पसलमा क्षति पुगेको छ । डेरी पसलबाट सल्केको आगलागी सँगै जोडिएको नयन स्टोर्समा पुगेको थियो ।
आगलागी भएको केही बेरमा नै दमकलको साहयतामा आगलागी नियन्त्रणमा लिएको थियो । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली स्थानीयको सहयोगमा अहिले आगलागी नियन्त्रणमा आएको जनाइएको छ ।
आगलागीको एकीन कारण भने खुल्न सकेको छैन । पसलभित्रको बिजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…