फिफा वरीयतामा नेपालको तीन स्थान सुधार ।
काठमाण्डौ:
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार जारी गरेको नयाँ वरीयता अनुसार नेपालले तीन स्थानमा सुधार गर्दै १६८ औं स्थानमा पुगेको हो। यसअघिको वरीयतामा नेपाल १७१ औं स्थानमा रहेकोमा अहिले सुधार भएर सो स्थानमा पुगेको हो।
पछिल्लो समय नेपालले खेलेको थ्री नेशन्स कप र विश्वकप तथा एसिया कप छनोटका खेलहरू खेलेको आधारमा बरियतामा सुधार आएको हो। विश्व वरीयतामा बेल्जियम शीर्षस्थानमा यथावत रहेको छ भने ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ। यस्तै फ्रान्स, इंल्याण्ड, इटाली, अर्जेन्टीना, स्पेन, पोर्चुगल, मेक्सिको र अमेरिका क्रमशः तेस्रो देखि १० औं स्थानसम्म छन्।
एशियाका शीर्ष तीन जापान, इरान ,अस्ट्रेलिया, कोरिया र कतार क्रमश विश्ववरीयामा २४, २६,३५, औं स्थानमा छन्।
दक्षिण एसियामा भारत १०५ औं स्थानमा, अफगानिस्तान १५३ औं स्थान र माल्दिभ्स १५८ औं स्थानमा रहँदै नेपाल भन्दा अघि छन्। त्यस्तै भुटान १८७ औं स्थानमा रहँदा बंगलादेश १८८ र पाकिस्तान १९८ र श्रीलंका २०५ औं स्थानमा छन्।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


