पहिरोमा एकै परिवारका दुईको मृत्यु, दुई बेपत्ता ।
रसुवा:
रसुवामा पहिरोमा परि एकै परिवारका दुईको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता रहेका र एक जना घाईते भएका छन । राति ३:३० मा भएको घटनामा रसुवाको नैकुण्ड गाउँपालिका वडा नम्बर ५ कोलडाँडाका श्यामबहादुर गलान को घर पुरिएको थियो।
स्थानीयले गलानलाई तत्कालै उद्धार गरेका थिए। उनलाई थप उपचारका लागि एम्बुलेन्समार्फत् काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ।
पहिरोमा परेर गलानकी श्रीमती ३२ की कमला गलान र कान्छी छोरी ८ वर्षकी सुकमाया गलानको मृत्यु भएको छ। उनिहरुको शव पहिरोबाट बाहिर निकालिसकेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिए।
अर्की छोरी ११ वर्षीय शोविता र ७ वर्षीय छोरा आशिष गलान भने अझै बेपत्ता छन्। उनीहरू पहिरोमा परेको आशंकामा खोजी कार्य जारी छ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
१ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


