पहिरोमा एकै परिवारका दुईको मृत्यु, दुई बेपत्ता ।

रसुवा:
रसुवामा पहिरोमा परि एकै परिवारका दुईको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता रहेका र एक जना घाईते भएका छन । राति ३:३० मा भएको घटनामा रसुवाको नैकुण्ड गाउँपालिका वडा नम्बर ५ कोलडाँडाका श्यामबहादुर गलान को घर पुरिएको थियो।
स्थानीयले गलानलाई तत्कालै उद्धार गरेका थिए। उनलाई थप उपचारका लागि एम्बुलेन्समार्फत् काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ।
पहिरोमा परेर गलानकी श्रीमती ३२ की कमला गलान र कान्छी छोरी ८ वर्षकी सुकमाया गलानको मृत्यु भएको छ। उनिहरुको शव पहिरोबाट बाहिर निकालिसकेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिए।
अर्की छोरी ११ वर्षीय शोविता र ७ वर्षीय छोरा आशिष गलान भने अझै बेपत्ता छन्। उनीहरू पहिरोमा परेको आशंकामा खोजी कार्य जारी छ।
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…