कोभिड बिरुद्ध सचेतना सहित स्याङ्जा प्रहरी सडकमा

police syangja corona

स्याङ्जा :
कोरोना संक्रमण (कोभिड १९¬) को तेस्रो भेरियन्ट आउन सक्ने भन्दै प्रहरी सडकमा निस्केर सचेतना अभियान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कोरोना संक्रमणबाट बच्ने उपायबारे सचेतना दिन तपाईको माक्स खोई ? भन्ने कार्यक्रम अभियान शुरु गरेको हो । प्रहरीले स्याङ्जा सदरमुकाम पुतलीबजारमा घरदैलो सहित विभिन्न कोरोना सम्वन्धी जानकारी मुलक पर्चा, पम्पलेट सहित माईकिङ् गर्दै रोगबाट सुरक्षित हुन आग्रह गरेको छ । माक्स नलगाई हिड्ने पैदल यात्रु सहित सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई माक्स सहित अबका दिनमा असुरक्षित यात्रा नगर्न सुझाव दिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक पदमबहादुर थापाले बताए ।
प्रहरीले स्याङ्जा सदरमुकाम मात्रै नभएर वालिङ, चापाकोट लगायतका बजार क्षेत्रमा पनि सचेतना फैलाएको प्रहरी निरिक्षक थापाले बताए । यो अभियानलाई जिल्लाभर लैजाने तयारीका साथ अगाडी बढिएको थापाले बताए । पहिलो र दोस्रो कोरोना भेरियन्टमा अत्यन्तै जोखिम मोलेको स्याङ्जालाई बेलैमा सचेतना मार्फत नागरिकको स्वास्थ्य सुरक्षाबाट सुरक्षित राख्न प्रहरीले अभियान थालेको जनाएको छ । बुधबार गरिएको सचेतना कार्यक्रममा सदरमुकाममा शहिद चोक, ट्राफिक चोक, अभियान पथ, ग्यालेक्सी चोक सहित बजारका मुख्य क्षेत्रमा जानकारी मुलक अभियान चलाएको थियो । प्रहरी निरिक्षक अर्जुन वि.कको कमाण्डमा १६ जना प्रहरी कर्मचारीलाई खटाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक होविन्द्र बोगटीले बताए । यो रोगको माहामारी सबै नागरिकको साथ र सहयोग आवश्यक छ प्रहरी प्रमुख बोगटीले भने,‘प्रहरी हरेक विपद्मा साथमा रहेपनि रोगसगँ भने सबै सचेत हुनुपर्छ ।’ सामान्य स्वास्थ्य मापदण्ड भएपनि अपनाउनु होला भन्ने नागरिक सन्देश दिन खोजेको हो उनले भने ।

Facebook Comments Box
TOP