पछिल्लो २४ घण्टामा २५२५ जनामा कोरोना, ३५ को ज्यान गयो ।

काठमाण्डौ :

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको छ।
जम्मा १४ हजार ८१० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। त्यस्तै, २ हजार ८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

आज थप ३५ जनाले ज्यान गुमाएकासँगै मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ।

Facebook Comments Box
TOP