लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा ।
बुटवल:
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। आज प्रदेश प्रमुख अमिक शेरचनलाई मुख्यमन्त्री पोखरेलले राजीनामा पत्र बुझाएका हुन्।
आज प्रदेश सभामा उनीविरूद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल हुँदै छ । मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका छन । उनको विपक्षमा ४१ जना सांसद छन् भने पक्षमा एमालेका ३८ सांसद मात्रै छन। पोखरेल ४१ महिना २४ दिन मुख्यमन्त्री रहे। भावी मुख्यमन्त्रीका रूपमा विपक्षी गठबन्धनले नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई अगाडि सारेका छन्।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जामा ३४४ एचआईभी संक्रमित, वालिङ सबैभन्दा धेरै
१ महिना अगाडि
स्याङ्जा : : स्याङ्जा जिल्लामा एचआईभी संक्रमितको संख्या तीन सय ४४ पुगेको छ । चालू आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म…


