चापाकोटमा कोरोना संक्रमित बढे पछि स्वास्थ्य संकटको घोषणा, १० दिन सबै बन्द रहने ।

chapakot nagarpalika

(चापाकोट) स्याङ्जा :
कोरोना संक्रमण समुदायमा फैलदो अवस्थामा पुगेको भन्दै १० दिनलाई स्वास्थ्य संकट घोषणा गरेको छ । नगर प्रमुख शिबकुमार गिरीले एक विज्ञप्ती जारी गर्दै नगरपालिका भित्र समुदायमा अझै १ सय ५७ जना संक्रमित रहेकोले स्वास्थ्य संकट घोषणा गरेको उल्लेख गरेका छन् । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्दै घरभित्रै बसेर सहयोग गर्न नगर प्रमुख गिरीले विज्ञप्ती मार्फत अपिल गरेका छन् । विज्ञप्तीमा अहिले सम्म नगरपालिका भित्र ५ सय २७ मा संक्रमण देखिएको र ३ सय ७० निको भएको उल्लेख गर्दे १ सय ५७ जना संक्रमित समुदायमै रहेको अवस्थाले गर्दा नगरपालिका अत्यन्तै जोखिममा रहेकाले १० दिन स्वास्थ्य संकट घोषणा गर्नुपरेको गिरीले उल्लेख गरेका छन् । अहिले सम्म कोरोना संक्रमणबाट ८ जना नगरवासीले ज्यान गुमाउन परेको विज्ञप्ती मार्फत जानकारी दिदै समवेदना समेत व्यक्त गरिएको छ ।
स्वास्थ्य संस्था बाहेक नगरपालिका भित्रका सबै सेवाहरु बन्द गरी सुरक्षित बन्न र बनाउन सहयोग गर्न नगर प्रमुख गिरीले अनुरोध गरेका छन् । बैंक वित्तिय संघसंस्था, गैह्रसरकारी कार्यालय, शैक्षिक संघसंस्था बाट प्रदान गर्दै आएका सेवाहरु, उद्योग व्यवसाय सबै बन्द गर्न विज्ञप्ती मार्फत नगरपालिकाले आग्रह गरेको छ । विपदजन्य अवस्थामा सबै नागरिक सचेत बनौ नगरप्रमुख गिरीले विज्ञप्तीमा भनेका छन्,‘नगरपालिकाले शुरु गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पिसिआर र एन्टिजिन परिक्षण महान कार्यमा सहभागी हुन आग्रह गर्दछौं ।’ नागरिकको स्वास्थ्य अवस्थामा नगरपालिका सदैव संवेदनशील रहने छ विज्ञप्तीमा लेखिएको छ ।
अत्याआवश्यक बाहेक नगरपालिकाले तोकेका स्थानहरुमा आवातजावत, तोकिएका स्थानबाट खाद्यन्न सामाग्री खरिद बिक्रि गराउन पनि आग्रह गरिएको छ । दोस्रो कोरोना भेरियन्ट प्रवेश गरे लगत्तै स्वास्थ्य संकट घोषणा गरेको चापाकोटले तेस्रो भेरियन्टको हल्ला आउने क्रममा पुन स्वास्थ्य संकट घोषणा गरेको छ । ११ पालिका मध्ये १० वटा पालिकामा भने स्वास्थ्य संकट घोषणा गरिएको छैन ।

press note chapakot

 

Facebook Comments Box
TOP