लुम्बिनीमा नयाँ सरकार गठनको लागि आह्वान ।
बुटवल
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका छन् । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि अर्को सरकार गठनका लागि दलहरूलाई २४ घण्टाको समय दिएका छन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि बिहीबार दिउँसो ३ बजेभित्र दाबी पेस गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आह्वान गरेका छन् ।
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्तावको छिनोफानो गर्न प्रदेश सरकारको विषेश अधिवेशन आह्वान भएपछि अल्पमतमा रहेका पोखरेलले बुधबार राजीनामा दिएका थिए ।
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


