‘सिमित स्रोतका बिच गाँउपालिकालाई पूर्वाधार,कृषि र उद्द्यमशीलतामा अगाडि बढाउदै छौं’ : सुवेदी ।

kulraj subedi edit

स्याङ्जाका ११ स्थानीयतह मध्ये बिरुवा गाँउपालिका एक सम्भावना भएको पालिका हो । कोभिड १९ को प्रभावका बिच पालिकाले बिभिन्न महत्वपूर्ण काम गरिरहेको छ । पालिकामा लामो समय देखि प्रशासनिक अनुभव बटुलिसक्नु भएका कुलराज सुवेदी प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत रहनु भएको छ । अनुभवी प्रमुख प्रशासकीय अधिकृत सुवेदीसँग आँधीखोला खवर डटकमका सम्पादक खेगिन्द्र पौडेलले गर्नु भएको कुराकानीको संपादित अंश ।

आधिखोला खबरमा यहालाइ हार्दिक स्वागत छ ।

धन्यबाद ।

आर्थिक बर्ष भर्खर समाप्त भएको छ ,गत आबमा बिरुवा गाउपालिकाको कति प्रतिशत बजेट खर्च भयो ?

गत आर्थिक बर्षको लामो समय कोरोनाको महामारीमा रह्यो । अझ मुख्य खर्च हुने अन्तिम चौमासिकमा त लकडाउन नै भयो । मुख्य समयमा निर्माण सामाग्री र मजदुर हरुको अभाब रह्यो । त्यसका बाबजुत पनि बिरुवा गाउपालिकाले गत आ ब मा ७५ % बजेट खर्च गरेको छ

आ ब ०७७/७८ मा गाउपालिकाले के कस्ता कार्यक्रम हरु सन्चालन मा ल्यायो ?

गत आब मा बिरुवा गाउपालिकाले कृषि , स्वास्थ , शिक्षा तथा पूर्वाधारलाई प्राथमिकता दिएर बजेट निर्माण गरेको थियो । कोरोना नियन्त्रणको लागि आइशोलेशन , क्वारेन्टाइन सन्चालन , बिरामिहरुको उपचार , कन्ट्र्याक ट्रेशिङ लगायतको कार्यमा झन्डै ५० लाख रुपैया खर्छ भएको छ । कृषि तर्फ नमुना कृषि तथा कृषक अनुदान कार्यक्रम मार्फत कृषिमा ब्यावशायिकरणको लागि प्रयास गरिएको छ । यी दुइवटा कार्यक्रम मा झन्डै १ करोड १५ लाख रुपैया खर्च भएको छ । सडक तर्फ टारा -सामडाडा-मिलनचोक सडक , ललाङ- तर्ले-कुशुमभन्ज्याङ तथा भन्ज्याङ बाहु बिरुवा सडकको स्तरोन्नति गरिएको छ । विभिन्न ३ वटा बिध्यालयमा नया भबन र एउटा बिधालयमा छात्राबास भबन निर्माण भएको छ ।

यसबाहेक अन्य महत्वपूर्ण योजनाहरु के के रहेका थिए ?

बिरुवा गाउपालिकाको आफ्नै प्रशासकिय भबन निर्माणको ७० % काम सम्पन्न भएको छ । यस बर्षको फाल्गुण महिना भित्र यसको निर्माण कार्य सम्पन्न हुँदै छ । गाउपालिकाको वडा नम्बर ४ को कार्यलय भबन पनि बहुबर्षिय ठेक्का मार्फत निर्माण हुँदै छ । यो भबनको पहिलो तल्लाको ढलान सम्पन्न भएको छ । संघीय सरकारको बजेट मार्फत ६४० बिपन्न घरधुरी लाई १२ हजार सुन्तलाको बेर्ना , मल , औषधि तथा बिरुवा हुर्काउनको लागि प्रती परिवार रु २००० का दरले नगद समेत बितरण गरिएको छ । विभिन्न वडाहरुमा बङ्गुर , मौरी तथा तरकारी पकेट क्षत्र सन्चालन मा ल्याइएको छ । यसका अलवा सिमित स्रोतका बिच गाँउपालिकालाई पूर्वाधार , कृषि र उद्द्यमशीलतामा अगाडि बढाउदै छौं ।

यस आर्थिक बर्षमा गाउपालिकाको बजेटमा के कस्ता कार्यक्रम हरु समाबेश गरिएको छ ?

निर्बाचित जनप्रतिनिधि हरुको कार्यकालको अन्तिम बर्ष भएकोले अघिल्ला बर्ष देखि शुरु भएका तर पूरा नभएका योजना हरुलाइ सम्पन्नता गर्नलाइ जोड दिइएको छ । प्रार्थमिकताको कुरा गर्दा कृषी , सडक , स्वास्थ्य , शिक्षा , पर्यटन लाई जोड दिइएको छ ।

यस बर्ष सम्पन्न हुने महत्वपुर्ण योजना हरु के के रहेका छन ?

गाउपालिकाको प्रशासकिय भबन , वडा न ४ र ८ को वडा कार्यलय र ५ वटा सामुदायिक भबनहरु यो बर्षमा निर्माण सम्पन्न हुनेछन । एकघर एकधारा अभियान अन्तर्गत बृहत् बिरुवा खानेपानी योजना मार्फत झन्डै ५०० घरधुरिलाइ धारापोस्ट र मिटर सहितको खानेपानी सुबिधा उपलब्ध गराइने छ । बिरुवा गाउपालिकामा बाकी रहेका खरका छाना सहितका सबै घरहरुलाइ यसै लाई पुर्णरुपमा टिनका छानाले बिस्थापित गरिने छ ।

कृषी क्षत्रलाइ सम्बोधन गर्ने गरि के कस्ता कार्यक्रम हरु राखिएको छ ?

नमुना कृषी , कृषक अनुदान जस्ता पुराना कार्यक्रम हरुलाइ निरन्तरता दिइएको छ । बर्ष भरिनै धान , मकै , आलु , तरकारी आदिको बिउबिजन ५० % अनुदानमा बितरण गर्ने गरि बजेट बिनियोजन गरिएको छ । कृतिम गर्भधानको शुरुवात गर्ने तथा थप दुई वटा पकेट क्षत्र हरु सन्चालन गर्ने योजना रहेको छ । कृषि शाखामा थप जनशक्तिको ब्यवस्था गरिने छ ।

गाउपालिकाको आन्तरिक आम्दानिको अबस्था कस्तो रहेको छ ? आम्दानिका श्रोतहरु के के हुन ?

गाउपालिकाको आन्तरिक आम्दानिको अबस्था त्यत्ती संतोषजनक छैन । गत आर्थिक बर्समा रु ६० लाख आन्तरिक आम्दानी गर्ने लक्ष राखिएकोमा लक्ष भन्दा केही बढी राजश्व जम्म भएको छ । ढुङ्गा गिटि कर , सडक प्रयोग कर , एकीकृत सम्पती कर , ब्यवसाय कर तथा मालपोत नै आन्तरिक आम्दानिका मुख्य श्रोत हरु हुन ।

तपाइ गाउपालिकाको प्रशासकिय प्रमुखको रुपमा रहनु भएको पनि लामो समय भयो । काम गर्ने शिलसिलामा राजनैतिक दबाब तथा अन्य अफ्ठ्यारा हरु आउने गरेका छन कि छैनन ?

गाउपालिका जनताको सबैभन्दा नजिकको सेवा इकाइ हो । यो संघ तथा स्थानिय तहको बजेट कार्यान्वयन गर्ने संगठन समेत हो । बिबिध राजनैतिक स्वार्थहरु हाबी हुने स्थानिय तहमा बेलामौकामा राजनैतिक दबाब तथा अफ्ठ्यारा हरु नआउने पनि हैनन । तर बिध्यामान ऐन तथा कानुनहरुको परिधी भित्र रहेर ती समस्या हरुलाइ समाधान गर्ने गरिएको छ । सायद नजिकिदो स्थानिय तहको निर्बाचनको कारणले होला पछिल्ला दिनहरुमा भने स्थानिय तहमा राजनैतिक द्वन्द बढ्दो अबस्थामा रहेको छ । यो समस्या भने पक्कै पनि रास्ट्रब्यापी होला ।

अन्त्यमा ,भन्न चाहेको तर छुटेका कुराहरु केही छन कि ?

त्यस्तो छुटेकै बिसयहरु त खासै छैनन । बिरुवा गाउपालिका र यसका बिबिध गतिबिधिहरु बारे आफ्नो बिचार राख्ने अबसर दिनुभएकोमा तपाईं लगाएत सम्पुर्ण आधिखोला खबरको टिमलाइ हार्दिक धन्यबाद दिन चाहन्छु ।

Facebook Comments Box
TOP