कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी एक बृद्ध २४ वर्षपछि पक्राउ ।

स्याङ्जा :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक ७५ बर्षीय बृद्धलाई पक्राउ गरेको छ । कर्तव्यज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले २४ बर्ष पछि पक्राउ गरेको हो ।
साविकको स्याङ्जा चण्डिकालिका गाविस ५ हाल पुतलीबजार नगरपालिका १४ का ७४ वर्षीय यम प्रसाद पौडेललाई प्रहरीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
२०५४ कात्र्तिक ४ स्याङ्जा जिल्ला अदालतको फैसलाले पौडेललाई कर्तव्यज्यान मुद्धामा १९ वर्ष ६ महिना १२ दिन कैद तोकेको प्रहरीको भनाई छ । अदालतले फैसलासँगै पौडेले लामो समयदेखि फरार रहेका थिए ।
पक्राउ परेका पौडेललाई आजै जिल्ला अदालत समझ पेश गरी कैद भुक्तानी लागि जिल्ला कारागार स्याङ्जा पठाएको प्रवक्ता अधिकारीले बताउनु भयो ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…