प्रधानमन्त्री र डा. गोविन्द केसीबीच सहमति ।

काठमाण्डौ:

डाक्टर गोविन्द केसीका मागलाई सरकारले सम्बोधन गर्ने कुरामा प्रधानमन्त्री देउवाले प्रतिवद्धता जनाएका छन । आजै बालुवाटारमा प्रधानमन्त्री देउवा र डा. गोविन्द केसीबीच भएको वार्तामा सहमति भएपछि डाक्टर केसीले अनसन स्थगन गर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

डाक्टर केसीले सरकारलाई दिएको अल्टिमेटम सकिन २ दिन बाँकि रहदा उनका मागलाई सम्बोधन तथा छलफल  गर्न प्रधानमन्त्रीले केसीलाई बालुवाटार बोलाएका थिए।

वार्ताका प्रतिवद्धता निम्न रहेका छन् ।

१.सार्वजनिक पदहरूमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने। स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने ।

२.बिपी कोइराला स्वा. वि. प्रतिष्ठानको आन्दोलन टुंग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्ने तथा वैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने।

३. पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलहरूको प्रतिवेदनलाई कानुनी रूप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनासाथ प्रक्रिया अघि बढाउने।
४. प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल पुर्याउनका लागि निर्माण कार्यलाई तीव्रता दिने। चिकित्सा शिक्षा ऐनमा संशोधन लगायत बाँकी मागहरू तथा यस अगाडि नेपाल सरकारले के हामीसँग गरेका सबै सम्झौता कार्यान्वयन गर्ने।

Facebook Comments Box
TOP