मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु ।
सोलुखुम्बु :
मोटरसाइकल दुर्घटनामा परेर सोलुखुम्बु जिल्लामा एक पत्रकारको मृत्यु भएको छ । माप्य दूधकोशी गाउँपालिका–५ कागतेमा मोटरसाइकल दुर्घटना हुँदा सोहि पालिकाको वडा न –२ का ३० वर्षीय पत्रकार सुमन राईको ज्यान गएको हो ।
सदरमुकाम सल्लेरीतर्फ जाँदै गर्दा राई सवार बा ५४ प ७८२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब तीन सय मिटर तल खस्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । वर्षा भइरहेकाले रेनकोट ओढेर हिँडेका राईले ओढेको रेनकोट मोटरसाइकलको चेनमा बेरिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


