खुकुरी प्रहारबाट एक युवकको मृत्यु ।

लमजुङ :
लमजुङ राईनासमा खुकुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा राईनास नगपालिका-९ का २२ वर्षीय सुधिन आले रहेका छन् ।  मोटरसाईकल गुडाईरहेका सुधिनलाई सुरज थापाले खुकुरी प्रहर गर्दा आलेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाईकलमा सवार आलेलाई थापाले लुकेर खुकुरी प्रहार गरेको प्रहरीको भनाई छ। गम्भीर घाइते आलेलाई भरतपुर हस्पिटल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो । मृतक आलेको टाउको र हातमा गम्भीर चोट लागेको थियो। आलेलाई खुकुरी प्रहार गर्ने सुरज थापा फरार रहेका छन्। खुकुरी प्रहार गरी फरार भएका थापाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
TOP