बिदाइ कार्यक्रममा निकै बेर भक्कानिए मेस्सी

काठमाण्डाै : केही दिनअघिसम्म बार्सिलोनामा रहेका स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनाबाट बिदाइ भएको छ ।

सम्झौता नवीकरण नभएपछि गएको बिहीवारदेखि मेस्सीले बार्सिलोना छाडेका थिए । आज आइतवार क्लबले गरेको बिदाइ कार्यक्रममा मेस्सी निकै बेर रोएका छन् ।

स्टेजमा बोल्न सुरु नगर्दै रोएका मेस्सी आफ्नो भनाइ टुङ्ग्याउने बेलासम्म पनि रोइरहे । मेस्सी रोएपछि कार्यक्रममा उपस्थित बार्सिलोनाका अन्य खेलाडी, दर्शक पनि भक्कानिएका छन् ।

सिनियर टोलीमा १७ र समग्रमा २१ वर्षपछि मेस्सीले बार्सिलोना छाड्न लागेका हुन् ।

Facebook Comments Box
TOP