वालिङका उदाहरणीय कृषि उद्यमीहरु पुरस्कृत, कृषकहरुले पाए कृषि औजार
वालिङ :
कृषि कर्म मार्फत उदाहरणीय व्यक्ति बनेका वालिङका उद्यमीहरुलाई पुरस्कृत गरिएको छ । उत्कृष्ट व्यवसायीक सोचलाई व्यवहारमा उतार्न सफल भएको भन्दै उनीहरुलाई नगद सहित पुरस्कृत गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले उद्यमशीलताको प्रवद्र्धनले नै उत्पादन बढाउन सकिने बताउनु भयो । उहाँले युएनडिपीसँगको आर्थिक साझेदारीमा कृषि क्षेत्रमा नगरपालिकाले काम गरिरहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै नगरउपप्रमुख कल्पना तिवारीले अनुदानमा प्राप्त सामाग्रीहरु सबैले मिलेर प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘सामाग्रीको सही तथा सामुहिक प्रयोगमा जोड दिनुहोस् ।’

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले माटो सुहाउदो कृषि खेतीलाई नगरपालिकाले प्राथमिकता दिईरहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले उत्कृष्ट र उदाहरणीय काम गरिरहेका कृषि उद्यमीहरुलाई पुरस्कृत गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कृषकको माग र आवश्यक्ता तथा वडाको सिफारिसमा आवश्यक कृषि औजारहरु बितरण गरिएको हो ।’
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्वारा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत कृषकलाई पुरस्कृत गर्नुका साथै सामाग्री बितरण गरिएको हो ।
कृषि कर्ममा राम्रो काम गरेर उदाहरणीय बनेका ९ जना उद्यमीहरुलाई प्रशंसा स्वरुप नगद रु १० हजार तथा प्रमाणपत्रले पुरस्कृत गरिएको कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो । त्यस्तै १६ जना कृषकलाई गोठसुधार कार्यक्रम अन्तरगत साझेदारीमा सहयोग गरिएको उहाँले बताउनु भयो ।
सो अवसरमा चापकटर, टनेल, ठेला लगायतका कृषि सामाग्री समेत प्रदान गरिएको छ ।


समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


