बीपीको सम्झनामा माल्यार्पण तथा प्रवचन

bp waling edit

वालिङ :

नेपाली काँग्रेसका संस्थापक तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोईरालाको ३९ औं स्मृति दिवस वालिङमा मनाईएको छ ।

नेपाली काँग्रेस वालिङ नगर कार्य समितिको आयोजनामा वालिङ ८ बीपी चोकमा रहेको बीपीको शालिकमा माल्यार्पण तथा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्नुहुँदै नेपाली काँग्रेस स्याङ्जाका कार्यबहाक सभापति बुद्धिबहादुर राना कुमारले राष्ट्रको रक्षा तथा राष्ट्रियताका लागि बीपीको विचार र आदर्शको राजनीतिलाई अंगाल्नु आवश्यक रहेको बताए ।

नेता रानाले स्वार्थलाई छाडेर देश र जनताकालागि आँफूलाई उत्सर्ग गर्ने बेला आएकाले महामानव बीपीले देखाएको बाटो हिड्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । उनले अहिले पनि बीपीले प्रदिपादन गरेको सिद्धान्तलाई आत्मसात गरेर अगाडि बढ्न सकेमात्रै पनि नेपाली राजनीतिले ठुलो फड्को मार्ने दाबी गरे ।

कार्यक्रममा काँग्रेस महासमिति सदस्य भोजराज अर्यालले बीपीको बिचार अहिले पनि उत्तिकै समय सान्दर्भिक र प्रेरणाको स्रोत भएकाले यसको कार्यान्वयन पक्ष अहिलेको प्रमुख आवश्यकता भएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस स्याङ्जाका पूर्व कार्यवहाक सभापति मुक्तिप्रसाद सुबेदी, वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण, नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. २ क का प्रदेश सभापति अर्जुनप्रकाश अर्याल, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, महाधिवेशन प्रतिनिधि लिलबहादुर रनपाल, काँग्रेस जिल्ला कार्य समिति सदस्य लेप्टेन यामबहादुर गुरुङ, नेपाल महिला संघ वालिङ नगर सभापति सरिता पौडेल, नेपाल विद्यार्थी संघ वालिङका सभापति दिक्षान्त खाँण लगायतले बीपीको राजनीतिक र साहित्यिक योगदानकाबारेमा चर्चा परिचर्चा गरेका थिए ।

नेपाली काँग्रेस वालिङ नगर कार्यबहाक सभापति भीमलाल सुबेदीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नगर सचिव भुपराज बगालेले र स्वागत वडा नं. ८ का वडा सभापति कमलप्रसाद सुबेदीले गरेका थिए ।

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP