जापानले नेपाललाई १६ लाख डोज खोप उपलब्ध गराउने ।
काठमाडौं :
जापान सरकारले नेपाललाई १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । जापानले कोभ्याक्समार्फत नेपाललाई अस्ट्राजेनिकाको १६ लाख डोज खोप उपलब्ध गराउने नेपालस्थित जापानी दूतावासले जनाएको छ ।
खोप अगस्ट अन्त्यसम्म जापानबाट नेपाल पठाइसकिने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कोभ्याक्सले खरिदको व्यवस्थालाई अन्तिम रूप दिएपछि नेपाल पठाइने तालिकाबारे स्पस्ट थाहा हुनेछ । नेपालका लागि जापानी राजदूत किकुटा युटकले जापानको परराष्ट्र मन्त्रालयलाई धन्यवाद दिँदै खोपले नेपालका नागरिकहरूको जीवन रक्षामा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । नेपालले भोगेको स्वास्थ्य समस्यामा १६ लाख डोज खोपले केही राहत पुग्ने उहाँको आशा छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


