स्याङ्जामा फेरी थपियो निशेधाज्ञा (सूचना सहित) ।

आँधीखोला समाचार डेस्क आँधीखोला समाचार डेस्क २४ असार २०७८, बिहीबार १५:३२

स्याङ्जा :
स्याङ्जामा आउँदो असार ३१ सम्मका लागि निषेधाज्ञा बढाईएको छ । असार २५ गते सम्मका लागि जारी गरिएको निशेधाज्ञालाई बढाएर असार ३१ गते सम्म पुर्याईएकोे जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । जिल्लामा गत बैशाख २१ गतदेखिे निषेधाज्ञा शुरु भएको हो ।
सो अवधीमा राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ्ग सेवा समेत खुला गरिएको छ । नीजि तथा सार्वजनिक सवारी साधनमा जोर बिजोरलाई यथावत राखिएको छ। । पसलहरु बिहान ५ बजेदेखि साँझ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो । अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ ।
स्याङ्जामा कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको हो । कोरोनाको दोस्रो लहर चलसँगै जिल्लामा हालसम्म एक सय १७ जनाले ज्यान गुमाएका छन । चार हजार दुई सय ८९ जना संक्रमित मध्ये दुई सय ९३ सक्रिय संक्रमित रहेका छन् ।

यस्तो छ सूचना :

 १. निषेधाज्ञा अवधिभर अत्यावश्यक काम बाहेक कुनैपनि व्यक्ति घर बाहिर ननिस्कने । घर बाहिर निस्कनु परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्ने ।

२. सवै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार गर्न, मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, मेला महोत्सव गर्न तथा कुनै प्रकारको खेलकुद प्रतियोगिता सञ्चालन गर्न निषेध गर्ने ।

३. स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरी सवारी साधनहरु यस जिल्ला भित्र संचालन गर्न सकिने तर अत्यवश्यक काम परी यस जिल्लाबाट सवारी साधन लिएर अन्य जिल्लामा जाने व्यक्तिहरुले जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र लिनु पर्ने ।

४. सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, नाँचघर, क्लव, फुटसल, जिमखाना, ब्युटी पार्लर, शैलुन, फुटपाथ पसल लगायतका सेवा एवं स्थलहरु नखोल्ने तथा संचालन नगर्ने । तर होटल रेष्टुरेन्ट तथा चिया पसलबाट टेक अवे सेवा संचालन गर्न सकिने ।

५. औषधी एवं स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहने ।  माथी ४ नं. मा उल्लेखित व्यवसाय बाहेक अन्य व्यवसायहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा अपनाई बिहान ५:०० बजेबाट बेलुका ७:०० · बजेसम्म मात्र संचालन गर्न पाउने ।

६. विवाह, व्रतबन्ध एवं अन्य संस्कारजन्य कार्यक्रमहरु घरमै संचालन गर्नुपर्ने र  त्यस्ता कार्यक्रमहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा अपनाई (विवाहको हकमा दुवै पक्ष गरी) २५ जना भन्दा बढी सहभागी हुन नपाईने ।

७. सम्पूर्ण सरकारी कार्यालयहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी संचालनमा रहने छन् । सहकारी तथा गैरसरकारी संस्थाहरु आफ्नो कार्यालयबाट मात्र सेवा प्रवाह गर्ने गरी खुला रहने छन् ।

८. मठ मन्दिरहरु तथा विभिन्न धार्मिकस्थलहरुमा परम्परागत रुपमा गरिने नित्य पूजा बाहेक अन्य सम्पूर्ण सामाजिक, साँस्कृतिक र धार्मिक गतिविधिहरु सञ्चालन नगर्ने ।

९. बैंक तथा वित्तीय संस्थाका सेवाहरु स्वास्थ्यका मापदण्डलाई पूर्ण रुपमा पालना गरी सञ्चालनमा रहने ।

१०.कामदार तथा सुपरभाइजर यथास्थानमा रही स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर मात्र विकास आयोजना सञ्चालन गर्ने ।

Facebook Comments Box
यो पनि पड्नुहोस..  गाउँ फर्किएकाहरु कृषिकर्ममा

धेरै कमेन्ट गरिएका