भ्रष्टाचार र महँगी विरुद्ध संयुक्त विद्यार्थी संगठनको सिठ्ठी जुलुस ।
काठमाण्डौ:
संयुक्त विद्यार्थी संगठनले भ्रष्टाचार र महँगीविरुद्ध राजधानीमा सिठ्ठी जुलुस निकालेको छ ।
७७ वटै जिल्लामा जुलुस निकाल्ने पूर्वनिर्धारित कार्यक्रमअनुसार विद्यार्थी संगठनले राजधानीमा पनि सिठ्ठीजुलुस निकालेका हुन् ।
राजधानीको माइतीघरमा भेला भएका विद्यार्थी संगठन सिठ्ठी बजाउँदै नयाँ बानेश्वरसम्म पुगेका थिए ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै विद्यार्थी सङ्गठनहरुले आजै नेपाल आयल निगमलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
सरकारको विरोध गर्दै आन्दोलित बन्नेमा नेपाल विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ) रहेका छन् ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


