तिवारीको स्मरण गर्दै नेपाली कांग्रेसद्धारा शोकसभा ।

Avatar आँधीखोला खवर डेस्क ५ श्रावण २०७८, मंगलवार १९:२६

भवानी अधिकारी/स्याङजा:

वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीका बुवा एवं समाजसेवी भीमलाल तिवारीको निधनको पाँचौ दिनको पुण्यतिथी पारेर मंगलबार नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङजाले शोकसभा गरेको छ ।
वालिङ नगरपालिका वडा नं. ८ तल्लो वालिङ बजारमा आयोजित शोकसभामा बोल्दै कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमारले समाजसेवी तिवारीको निधनले कांग्रेस परिवारमा अपुरणीय क्षति पुगेको र असल अभिभावक गुमाउनु परेकोमा दुख ब्यक्त गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्तिको कामना गर्नुभयो ।
शोकसभामा गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्ल, भीरकोट नगरप्रमुख छायाराम खनाल, वालिङ नगरप्रमुख दिलिपप्रताप खाँण, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधीहरु, जिल्ला कार्यसमिति पदाधिकारी एवं सदस्यहरु, महिला संघ, मुस्लिम संघ, जनजाती संघ, दलित संघ लगायतले निधनप्रति दुःख ब्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन् भनी समवेदना प्रकट गर्नुभएको छ ।


समाजसेवी तिवारीको शुक्रवार ७१ वर्षको उमेरमा वालिङमा असामयिक निधन भएको हो । ह्दयघातका कारण उहाका निधन भएको हो । स्वर्गिय तिवारीका तीन छोरा र दुई छोरी हुनुहुन्छ । उहाका पत्नीको पनि झण्डै २ बर्षअघि निधन भैसकेको छ ।

Facebook Comments Box
यो पनि पड्नुहोस..  बेपत्ता राजनको खोजीमा किन हुँदैछ ढिलाई, तीन दिनको समय मागेको प्रहरी के गर्दैछ ?

धेरै कमेन्ट गरिएका