सिन्धुपाल्चोक र मनाङ जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा ।

काठमाडौँ:
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । यी दुई जिल्लालाई असोज मसान्तसम्म लागू हुनेगरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले भने,‘विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम मनाङ र सिन्धुपाल्चोक जिल्लालाई यहि असोज मसान्तसम्म लागू हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।’

 

Facebook Comments Box
TOP